पालुङ बहुउद्देश्यीय सहकारीको अध्यक्षमा ४ जनाको उम्मेदवारी, पुस १५ गते चुनाव

हेटौंडा, थाहा नगरपालिका ४ मा रहेको पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष पदमा ४ जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदको लागि ४ जनाले उम्मेद्वारी दर्ता गरेको निर्वाचन अधिकृत सानोभाइ कार्कीले जानकारी दिए ।

ADVERTISEMENT

पालुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उमेशप्रसाद ढकाल राजश्व चुहावट गरी भ्रष्टचारको अभियोग लागेपछि पदबाट राजीनामा दिएका थिए । ढकालले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्ष पदको लागि सहकारीको २४ औँ वार्षिक साधारणसभाबाट पुस १५ गते निर्वाचनको मिति तय गरेको थियो ।

निर्वाचन कार्यालयले शुक्रबार गरेको सार्वजनिक अनुसार अध्यक्ष पदमा थाहा नगरपालिका वडा नम्वर ३ का कृष्णबहादुर विष्ट, पुरुषोत्तम कार्की, थाहा नगरपालिका वडा नम्वर २ का विमलकुमार ढकाल र विष्णुहरी ढकालले उम्मेदवारी दिएका छन् ।
उम्मेदवारी दिएका कृष्णबहादुर पूर्व उपाध्यक्ष, पुरुषोत्तम कार्की र विमलकुमार ढकाल पूर्व अध्यक्ष हुन् भने विष्णुहरी ढकाल संस्थापक अध्यक्ष हुन् ।

सहकारीमा ६ हजार ३ सय ८८ जना शेयर सदस्य आबद्ध रहेका छन् । पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको बज्रवाराही र हेटौंडामा सेवा केन्द्र रहेको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *