समुदाय प्रहरी साझेदारी कार्यक्रम विद्यार्थीसँग प्रहरी

हेटौंडा, नेपाल प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीसँग प्रहरी कार्यक्रम हेटौंडाको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा भएको छ । सोमबार वडा प्रहरी कार्यालय सानोपोखराको आयोजनामा नवोदय विद्यालयमा कार्यक्रम भएको हो ।

ADVERTISEMENT

अपराध न्युनिकरणमा विद्यार्थीहरुको समेत महत्वपूर्ण भूमिका हुने भएकोले आधारभुत सुरक्षा, ट्राफिक नियम, लागुऔषध, साईबर अपराध, मानवबेचबिखन लगायत विषयमा विद्यार्थीलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरेको प्रहरी निरिक्षक दाताराम अधिकारीले बताए । जिल्ला प्रहरी कार्यालयको आयोजनामा पनि मकवानपुरको विभिन्न विद्यालयमा समुदायमा प्रहरी साझेदारी कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

कार्यक्रममा प्रहरी सहायक निरिक्षक सुनिल देउजाले ‘गुड टच’, ‘ब्याड टच’ र अपराधको किसिमको बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । वडा प्रहरी कार्यालय सानोपोखराले नगरको एउटा क्याम्पसगरी १७ वटा विद्यालयमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यार्थीसँग प्रहरी कार्यक्रम सञ्चालन गर्ने छ । यसैगरी सोमबार नै शिक्षकसँग प्रहरी कार्यक्रम पनि सञ्चालन भएको थियो । कार्यक्रममा नवोदय विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *