माओवादी हेटौंडा नगर अध्यक्ष नमुना पाण्डे एमालेमा प्रवेश

हेटौंडा, नेकपा माओवादी केन्द्रको हेटौंडा उपमहानगरकी अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य नमुना पाण्डे नेकपा एमालेमा प्रवेश गरेकी छिन् ।

ADVERTISEMENT

आज दिउँसो भक्तपुरस्थित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर पाण्डे एमालेमा प्रवेश गरेकी हुन् । उनलाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

माओवादी केन्द्रको नेतृत्वले पार्टीलाई क्लबमा परिणत गरेको र यसबाट देश समृद्धितर्फ लम्कन नसक्ने देखेर एमाले रोजेको पाण्डेले बताइन् । उनले देशमा एमाले मात्रै कम्युनिष्ट पार्टी रहेको बुझेर आफू एमालेमा प्रवेश गरेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *