हेटौंडा, नेपाल विद्यार्थी संघ (नेवि संघ) हेटौंडा क्याम्पस इकाई समितिले शुक्रबार हेटौंडा क्याम्पसका क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ ।
त्रिभुवन विश्वविद्यालयको लापरवाही र हेटौंडा क्यामपसको प्रशासनलाई क्याम्पसको विभिन्न अनियमितताहरुको विषयमा नेविसंघ हेटौंडा क्याम्पसका इकाई सभापति युवराज विश्वकर्माले क्याम्पस प्रमुख देवीराम लामालाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । नेविसंघ हेटौंडा क्याम्पसका इकाई सभापती युवराज विश्वकर्माको नेतृत्वमा आज बिहान हेटौंडा क्याम्पसबाट र्याली र जुलुस सहित निस्किएका विद्यार्थीहरु बुद्ध चोक, मानस चोक,सानो पोखरा हुँदै पुनस् हेटौंडा क्याम्पससम्म पुगेर सम्पन्न भएको थियो ।
र्यालीमा करिब २५० भन्दा विद्यार्थीहरुको सहभागिता रहेको थियो । परीक्षा समयमा नलिनु, नतीजा समयमा प्रकाशित नहुनु लगायत विभिन्न विषयमा विद्यार्थीहरुले विरोध गरेका थिए ।पहिलो चरणको कार्यक्रम सकिए पछि क्याम्पसमा स्ववियु र प्रशासनले विभिन्न शीर्षकमा लापरवाही गरेको भन्दै ७ बुँदे ध्यानाकर्षण पत्र बुझाइएको हो ।
नेविसंघ हेटौंडा क्याम्पसका इकाई सभापति विश्वकर्माले आफ्ना मागहरु सम्बोधन नभए चरणवद्ध आन्दोलनको तयारी गर्ने बताए ।