थाहामा राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता सुरु

हेटौंडा, कार्तिक २९ गतेबाट थाहा नगरपालिकामा सातौं राष्ट्रपति रनिङ शिल्ड तथा मेयरकप भलिबल प्रतियोगिता सुरु भएको छ। थाहा नगरपालिका मेयर विष्णुबहादुर विष्टले एक समारोहबीच प्रतियोगिता उद्घाटन गरेका हुन् । उद्घाटनमा बोल्दै उनले खेलकुदको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा थाहानगरलाई चिनाउने गरी अघि बढ्न आग्रह गरे ।

ADVERTISEMENT

थाहा नगरपालिका खेलकुद विकास समितिका संयोजक टिकारामा स्याङतानको अध्यक्षतामा भएको प्रतियोगिता थाहाको इन्द्रायणी चौर खेलकुद मैदान, निर्माणाधिन कभर्ड हल र पालुङ क्याम्पसको मैदानमा विभिन्न विधाका खेलहरु सञ्चालन हुने छन् । उद्घाटन कार्यक्रमकै बीचमा विभिन्न विद्यालयका विद्यार्थीहरुबीच मार्चपास गरेका थिए । मार्चपासमा नाटेश्वर मावि टौखेल प्रथम, स्वच्छन्दभैरव मावि द्वितीय र पालुङ भ्याली हार्ट एकेडेमी तथा सुन्दरीदेवी मावि तृतीय भएका थिए । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ प्रतियोगिता मङ्सिर १ गतेसम्म सञ्चालन हुने छ । कार्यक्रममा नगर उपप्रमुख भरत गोपाली, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्र/ छात्रा दौड १०० मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर, तथा ३ हजार मिटर दौड हुनेछन । त्यस्तै छात्र/ छात्रा रिले दौड १ सय मिटर, ४ सय मिटर, छात्र/ छात्रा हाईजम्प, छात्र छात्रा त्रिपल जम्प, छात्र/छात्रा सटफुट तथा मार्चपास रहेका छन् भने कराते पनि प्रतियोगितामा रहेको छ । राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम हुने विद्यालयले नगद रु २५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितिय हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुने विद्यालयले नगद रु १० हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मेयर कप भलिबल प्रतियोगिता अन्तर्गत प्रथम हुने विद्यालयले नगद रु १५ हजार शिल्ड मेडल र प्रमाणपत्र, द्धितीय हुने विद्यालयले नगद रु १० हजार शिल्ड मेडल र प्रमाणपत्र, तृतिय हुने विद्यालयले नगद रु ५ हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya