गर्मीका कारण हेटौंडा–१४ मा विद्यालय बन्द हुने


हेटौंडा, अत्याधिक गर्मीका कारण हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ मा रहेका सामूदायिक तथा संंस्थागत विद्यालय बैशाख २३ गतेबाट ४ दिनका लागि बन्द हुने भएका छन् ।

ADVERTISEMENT

अत्याधिक गर्मी र चर्को घामका कारणले गर्दा विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न र कक्षाकोठामा बसेर अध्ययन गर्न कठिनाइ भएकोले गर्दा हेटौंडा १४ नम्वर वडाको बैठकबसी विद्यालय बन्द गर्ने निर्णय गरेको वडाध्यक्ष दिपक खड्काले जानकारी दिए ।

बैशाख २० गते बसेको वडा शिक्षा समितिको बैठकको निर्णयबाट बैशाख २३ गतेदेखि बैशाख २६ गतेसम्म हेटौंडा १४ मा रहेका सामूदायिक तथा संस्थागत विद्यालयको पठन पाठन स्थगन गरिने वडाले जारी गरेको सूचनामा उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *