हेटौंडामा निर्वाचन तयारी र आचारसंहिता बारे छलफल

हेटौंडा, यही मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका सन्दर्भमा मंगलबार हेटौंडामा निर्वाचन तयारी र आचारसंहिता सम्बन्धमा जिल्ला उपनिर्वाचन आचारसंहिता अनुगमन समितिको बैठक बसेको छ । बैठकलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराईले राजनीतिक दल, उम्मेदवार, दलका भातृसंगठन तथा सम्बन्धित व्यक्तिले निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्न आग्रह गरेकी छिन् ।

ADVERTISEMENT

निर्वाचनलाई शान्तिपूर्ण भयरहित सम्पन्न गराउनु हामी सबैको कर्तव्य भएकाले निर्वाचन आचारसंहितालाई अक्षरस पालना गरि सहयोग गर्न अपिल गरेकी थिईन् । बैठकमा प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचन आचारसंहिता २०७९ को परिच्छेद ४ मा उल्लेख भएका बुँदागत आचारसंहिताहरु राजनीतिक दल, उम्मेदवार, दलका भातृसंगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक वा भेला वा निर्वाचन सम्बन्धि कार्य गर्दा पालना गर्नुपर्ने आचारणको बारेमा प्रष्ट पारेका थिए ।

त्यस्तै, राजनितिक दल, राजनीतिक दल, उम्मेदवार, दलका भातृसंगठन तथा सम्बन्धित व्यक्तिले सवारी साधान प्रयोग गर्दाका आचरणबारे समेत जानकारी गराएका थिए । उनले सञ्चारमाध्यम प्रयोग गर्दा पनि विभिन्न आचारणहरु पालना गर्न आग्रह गरेका थिए ।
बैठकमा मकवानपुरका विभिन्न राजनितिक दलका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, मकवानपुरका प्रहरी प्रमुख विश्वराज खड्का, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमलगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya