जनकपुर बाेल्टसकाे एजुकेसन पार्टनरमा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट

हेटौंडा, नेपाल प्रिमियर लिग (एनपीएल) को टोली जनकपुर बोल्टस र हेटौँडा स्कूल अफ म्यानेजमेन्ट बीच शैक्षिक पार्टनरको लागि प्रायोजन सम्झौता भएको छ ।

ADVERTISEMENT

हेटौंडा–४ स्थित म्यानेजमेन्ट क्याम्पसमा बुधबार जनकपुर बोल्ट्सका महाप्रबन्धक निरज खतिवडा र हेटौंडा स्कुल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीबीच अफिसियल एजुकेशन पार्टनरको रुपमा प्रायोजनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।


जनकपुर बोल्ट्सका खेलाडी अनिल शाह र शुभ कंशाकारको समेत उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरिएको हो । अनिल र शुभ दुबैजना म्यानेजमेन्टका पूर्वविद्यार्थी हुन् । म्यानेजमेन्टले अनिल शाहलाई आफ्नाे ब्राण्ड एम्बेसडर समेत नियुक्त गरेको छ । म्यानेजमेन्टले शाहलाई एकवर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।

ADVERTISEMENT

सम्झौता पछि बोल्नुहुँदै म्यानेजमेन्टका प्रिन्सिपल जोशीले जनकपुर बोल्टस मार्फत एनपिएलमा जोडिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिए । भारतको क्रिकेट लिग आइपीएल जस्तै एनपिएल मार्फत पनि नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्नेमा उनको भनाइ रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *