बिजन सुनारले जिते प्रदिप जेसीज दौडको उपाधी

हेटौंडा, पालुङ जेसीजको जेसीज सप्ताह अन्तर्गत आज भएको प्रदिप जेसीज दौड प्रतियोगिताको उपाधी बिजन सुनारले जितेका छन।

सुनारले ५ हजार मिटरको निर्धारित दुरी १९ मिनेट ४४.१० सेकेन्डमा पूरा गर्दै उपाधी हात पारेका हुन। १३ जना प्रतियोगी सहभागी रहेको प्रतियोगितामा निर्धारित दुरी १९ मिनेट ४४.११ सेकेन्डमा पूरा गर्दै हरीकृष्ण बलामी दोस्रो भए भने तेस्रो हुने अभिषेक बलामीले निर्धारित दुरी २० मिनेट १९.३८ सेकेन्डमा पूरा गरे।

प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो हुनेलाइ नगद तीन हजार,दुई हजार र एक हजार सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिने पालुङ जेसीजका अध्यक्ष निरज रायमाझीले बताए। बिजेताहरुलाइ १५ गते जेसीज सप्ताहको समापनको अवसरमा पुरस्कार प्रदान गरिने छ।

पालुङ जेसीज बर्ष २०२४ का अध्यक्ष निरज रायमाझीको अध्यक्षतामा भएको दौड प्रतियोगिताको शुभारम्भ कार्यक्रममा पालुङ जेसीजका पूर्व अध्यक्ष सुरेन्द्रमान प्रधान, कृष्णमान श्रेष्ठ, जर्मलाल श्रेष्ठ, प्रदिप प्रधान, नवराज लामा, कार्यकारिणी उपाध्यक्ष एवम् जेसीज सप्ताह मूल कार्यक्रम संयोजक मानसिं दोङ, उपाध्यक्ष एवम् सह–मूल कार्यक्रम संयोजक नारायण कार्की, उपाध्यक्ष स्मिता बिष्ट लगायत बोर्डका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो । जेसीज सप्ताह अन्तर्गत मंगलबार थाहा नगरपालिकामा न्यानो कपडा बितरण कार्यक्रम रहेको अध्यक्ष रायमाझीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *