शनिबार मकवानपुरका दुई जना मृत भेटिए

हेटौंडा, शनिबार मकवानपुरमा एकैदिन दुई जनाको शव फेला परेको छ । जिल्लाको मकवानपुरगढी गाउँपालिका र भीमफेदी गाउँपालिकामा गरी दुई छुट्टाछुट्टै स्थानमा गरी दुई जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार शनिबार बिहान साढे ८ बजेको समयमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ रानिसेरा बस्ने ४२ वर्षीय बुद्धिलाल मोक्तनको शव फेला परेको छ । उनको शव आफ्नो घरबाट अन्दाजी ४०० मिटर दक्षिण रहेको ढुङरेको रुखमा नाम्लोको डारीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको हो ।

यस्तै, शनिबार विहान ९ बजेको समयमा भीमफेदी गाउँपालिका वडा नम्वर ९ अघोर तल्लो टोल बस्ने ३६ वर्षीय राम सिहं रुम्बा मृत अवस्थामा फेला परेका छन् । रुम्बा आफ्नैघरमा प्लास्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । दुबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button