श्री मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्थाको २५ औँ साधारणसभा सम्पन्न

हेटौंडा, हेटौंडा–४ मा रहेको श्री मित्रमिलन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औँ साधारणसभा शनिबार हेटौंडामा भएको छ । संस्थाका अध्यक्ष भोला प्रसाद शर्मा खरेलको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेका थिए ।

ADVERTISEMENT

कार्यक्रममा प्रमुख अतिथि रहेका सिग्देलले सहकारीले उत्पादनतर्फ जोड दिनु पर्ने बताएका थिए । सहकारीमा अध्यक्ष पद मात्र ओगटेर हुँदैन शेयर सदस्यको आर्थिक जीवन कसरी सहज हुन्छ त्यसतर्फ पनि संस्था अग्रसर हुनुपर्ने उनको भनाइ रहेको थियो । सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष खरेलले २५ जना शेयर सदस्यहरु मिलि स्थापना भएको सहकारीको आर्थिक वर्ष २०८०/०८१ मा शेयर पुँजी १ करोड ४२ लाख ६५ हजार १ सय रुपैयाँ रहेको छ ।

१ हजार १५ जना शेयर सदस्य आबद्ध रहेको सहकारीको बचत २ करोड ५लाख ६९ हजार ८ सय २८ रुपैयाँ, ऋण लगानी ६ करोड २५ लाख ५१ हजार ८ सय ६४ रुपैयाँ रहेको सहकारीको व्यवस्थापक रामहरी खरेलले जानकारी दिए । कार्यक्रममा जेष्ठ शेयर सदस्य हरीप्रसाद रिजाल र गितादेवि खरेललाई सम्मान गरेको थियो ।

ADVERTISEMENT

यसैगरी असल बचतकर्तामा प्रेमलाल श्रेष्ठ र टिका नाथ शर्मा, असल ऋणीमा गोठबहादुर मगर र विनोद प्रसाद चौधरी र एसइइ परीक्षामा उत्कृष्ट अङ्क हासिल गर्ने १२ जना शेयर सदस्यका छात्र/छात्रालाई पुरस्कृत गरेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरी न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *