हेटौंडा प्रथम हेटौंडा १२ वडा अध्यक्ष कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल संस्करण पूरा भएको छ । शुक्रबारको खेलसँगै सेमिफाइनल पुग्ने टोलीको टुङ्गो लागेको हो । फाइनल प्रवेशको लागि शनिबार बिहान ८ बजे हेटौंडा–११ बिरुद्ध हेटौंडा– ६ र बिहान १० बजे हेटौंडा १२ ले हेटौंडा १७ सँग प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो १ बजे हुने आयोजकले जनाएको छ ।
शुक्रबार भएको पहिलो खेलमा हेटौंडा १५ विजयी भएको छ । हेटौंडा १३ लाई २५–१३, २५–१६ र ३१–२९ को सोझो सेटमा पराजित गर्दै हेटौंडा १५ विजयी भएको हो । हेटौंडा १५ का खेलाडी इनिस बलामी म्यान अफ द म्याच घोषित भए । यसैगरी शुक्रबार भएको हेटौंडा १७ विरुद्ध हेटौंडा ११ को खेल निकै प्रतिस्पर्धा भएको थियो । पहिलो सेट २५–२१ र दोस्रो २५–२३ ले गुमाएको हेटौंडा ११ ले तेस्रो, चौथो र पाचौ सेटमा विजयी हुँदै हेटौंडा ११ सेमिफाइनल प्रवेश ग¥यो । हेटौंडा ११ ले तेस्रो सेट २५–१७, चौथो सेट २७–२५ र पाचौँ सेट १९–१७ ले विजयी भयो ।
प्रतियोगितामा हेटौंडा ११ का असिम श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । यसैगरी आजको तेस्रो खेलमा हेटौंडा १३ मैदानमा उपस्थित हुन ढिला भएको भन्दै हेटौंडा–६ ले बाइ पाउँदै सेमिफाइनल प्रवेश गरेको छ । यसैगरी आज भएको चौथो खेलमा हेटौंडा १२ विजयी भएको छ । हेटौंडा–१५ लाई २५–९, ११–२५, २५–२० र २५–१८ लाई पराजित गर्दै हेटौंडा १२ विजयी भएको हो । हेटौंडा १२ का विवेक पराजुली म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँ, दोस्रो हुने टिमले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमााणपत्र प्राप्त गर्ने छन् । यसैगरी विधागततर्फ उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार प्रदान गरिने छ ।







