हेटौंडा, पालुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २५ औं रजत जयन्तीको अवसरमा आयोजित ५ हजार मिटर खुल्ला जिल्ला स्तरीय पुरुष दौड र ३ हजार मिटर खुल्ला महिला दौड प्रतियोगितामा पुरुष तर्फ बकैया गाउँपालिका वडा न ५ का राजकुमार गोले र महिला तर्फ थाहा ५ कि बबिता तामाङ थोकरले जित हात पारेका छन् ।
निर्धारित दुरी पुरुष तर्फ गोलेले १७.५८ सेकेन्डमा दुरी पार गरे भने महिला तर्फ थोकरले निर्धारित दुरी १३.६ सेकेन्डमा पूरा गर्दै उपाधी हात पारे। प्रतियोगितामा पुरुष तर्फ थाहा १ का हरीकृष्ण बलामीले निर्धारित दुरी १८.८ सेकेन्डमा पार गर्दै दोस्रो हुँदा थाहा ३ का बिजन सुनारले १८.१२ सेकेन्डमा निर्धारित दुरी पार गर्दै तेस्रो हुन सफल रहे।
महिलातर्फ निर्धारित दुरी थाहा १ कि युनिशा बलामीले १३.३५ सेकेन्डमा पूरा गरि दोस्रो हुदा थाहा ६ बज्रवाराहीकी युनिशा लामाले १३.५५ मा पूरा गर्दै तेस्रो हुन सफल भइन। बिजेता बनेसंगै बिजेताहरुले नगद क्रमशः १० हजार,७ हजार र ५ हजार सहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे।
पालुङ बहुउद्देश्यीय सहकारी संस्थाको खेलकुद संयोजक यादव जंग रायमाझीको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा ३३ जना पुरुष र ८ जना महिलाको सहभागिता रहेको थियो। बिजेता खेलाडी हरुलाई प्रमुख अतिथी थाहा नगर खेलकुद विकास समिती संयोजक टिकाराम स्याङ्तान,पालुङ बहुउद्देश्यीय सहकारीका अध्यक्ष कृष्ण बहादुर बिष्ट,निर्णायक ईलाका प्रहरी कार्यालय पालुङका प्रमुख सविन बाबू अर्याल,संस्थाका कोषाध्यक्ष गुप्त बहादुर कार्की,व्यवस्थापक प्रकाश पौडेलले पुरस्कार प्रदान गरेका थिए।