हेटौंडा, हेटौडा–६ मा रहेको नारी चेतना बचत तथा ऋण सहकारी संस्थाले निर्माण गर्न लागेको नयाँ भवनको विहीबार शिलान्यास गरिएको छ ।
हेटौडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालले भवनको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै वडा अध्यक्ष दाहालले महिलाहरुले गरेको कामको प्रशंसा गर्दै भवन निर्माणको लागि वडा कार्यालयको तर्फबाट ७ लाख सहयोग गर्ने प्रतिवद्धता जनाए ।
सहकारीले महिलाहरुको आर्थिक, सामाजिक, राजनैतिक क्षेत्रमा उल्लेख्य प्रगति गरेको वताउदै वहाँले अव सहकारीले उत्पादनको क्षेत्रमा समेत काम गर्नु पर्नेमा जोड दिए । सहकारीकी अध्यक्ष राधिका गौतमको सभाध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष हिरादेवी दहाल, नेपाल पत्रकार महासंघ, बागमती प्रदेशका उपाध्यक्ष एवम संस्थाका सल्लाहकार रुपेश दुलाल, कामधेनु बहुउद्धेश्यीय सहकारी संस्थाका ब्यवस्थापक भीमसेन पौडेल, चुच्चेखोला सामुदायिक वनकी सचिव राधिका विडारी, प्रगतिशिल महिला आपसी विकास संस्थाकी सहसचिव गोमा चौलागाई, संस्थाका सल्लाहकार गौरब कुमार पराजुली, सविना गुरुङ, संस्थाका शेयर सदस्य लगायतको उपस्थिती रहेको रहेको थियो ।
७ धुर जग्ग्गामा बन्न लागेको भवन ३ कोठाको हुनेछ भने करिव ३० लाख खर्च लाग्ने र १ वर्षमा निर्माण गरिसक्ने लक्ष्य रहेको संस्था ब्यवस्थापक मोद कुमारी दहालले बताईन ।






