सशस्त्र प्रहरी बलद्धारा आगलागी नियन्त्रण सेमेलुसन अभ्यास

हेटौंडा, सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेड्क्वाटरको आयोजनामा आगलागी नियन्त्रण सम्बन्धी सेमेलुसन अभ्यास सम्पन्न गरेको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिका–८ स्थित हेटौंडा कपडा उद्योगको सन्ततीहरू अध्ययन गर्ने विद्यालयको जिर्ण भवनमा अभ्यास कार्यक्रम भएको हो ।

सशस्त्र प्रहरी बल बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म, रेडक्रस सोसाईटी शाखा कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका नगर प्रहरी समेतको सहभागितामा संयुक्त रुपमा विपद् व्यवस्थापन अन्तर्गत आगलागी नियन्त्रण सम्बन्धी सेमेलुसन अभ्यास कार्यक्रम संचालन भएको हो ।

कार्यक्रममा गर्मीको समयमा आगलागी कसरी हुन्छ, आगलागीका घटनाबाट कसरी सजकता अपनाउने, आगलाागि भएको अवस्थामा कसरी आगो नियन्त्रणमा लिने भन्ने विषयमा अभ्याससहित जानकारी गराएको थियो । सशस्त्र प्रहरी बल नेपाल १४ नम्बर गण हेड्क्वाटर मकवानपुरका गणपती सशस्त्र प्रहरी उपरीक्षक ज्ञान प्रसाद भुर्तेलको प्रमुख आतित्थ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा औद्योगिक क्षेत्र व्यवस्थापक संगिता कुँवर, जिल्ला प्रशासन कार्यालयका अधिकृत सरोज पौडेल, नेपाल रेड्क्रस सोसाइटी जिल्ला साखाका प्रमुख लक्ष्मण भट्टराई, हेटौंडा उपमहानगरपालिका–८, का वडा अध्यक्ष रामकृष्ण थापा लगाएतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर

Back to top button