पत्रकार महासंघ प्रदेश र मकवानपुर शखामा तालावन्दी

हेटौंडा , नेपाल पत्रकार महास।घको सदस्यता वितरणमा पत्रकार महासंघले पक्षपात गरेको भन्दै आज महासंघका दुइ वटा कार्यालयमा तालावन्दी गरिएको छ । प्रेस चौतारी मकवानपुर साखाको अगुवाइमा महासंघको कार्यालयमा तालावन्दी गरिएको हो ।

प्रेस चौतारीले नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र नेपाल पत्रकार महाँसंघ मकवानपुर साखामा तालावन्दी गरेको हो । प्रेसचौतारी मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारीको नेतृत्वमा महासंघको कार्यालयमा तालावन्दी गरिएको छ ।

पक्षपाती ढंगले क्रियासिल पत्रकारको सदस्य वितरणमा महासंघ मकवानपुर शाखा, बागमती प्रदेश समिति र केन्द्रीय समितिले समेत वेवास्ता गरेको र पत्रकारिता क्षेत्रमा कामै नगरेकाहरुलाई महासंघको सदस्यता बनाएको भन्दै अनिस्चित कालिन तालावन्दी गरिएको प्रेस चौतारीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button