वन ऐन संशोधनका लागि सरोकारवालासँग अन्तर्क्रिया

मनहरी, वन ऐन संशोधनका लागि सरोकारवालासँग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । मनहरी गाउँपालिकाको सहकार्य र सामुदायीक वन उपभोक्ता महासंघ नेपाल, मकवानपुर जिल्ला कार्यसमितिको आयोजनामा कार्यक्रम सञ्चालन भएको हो ।

ADVERTISEMENT

स्थानीय समुदाय र आदिवासी जनजातीको अधिकार सुनिश्चितताको लागि आवश्यक भएमा पहिले लागु गरिएको स्थानीय वन ऐन संशोधनमा स्थानीय सरकारसँग सल्लाह सुझाव लिने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंले जानकारी दिए । मनहरी गाउँपालिका भित्र रहेका वन समितिका प्रतिनिधिहरुको सहभागीतामा आयोजीत कार्यक्रममा वन जंगलको क्षेत्रमा स्थानीय सरकारले गर्नु पर्ने कृयाकलाप र प्राविधिक कर्मचारी नियुक्त गरी स्थानीय स्तरबाटै गुणस्तरीय सेवा प्रवाह गर्नु पर्ने विषयहरुमा महासंघले सुझाव दिएको छ ।

गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरको प्रमुख आतिथ्यतामा आयोजीत कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदी, ३ नं वडाअध्यक्ष अनन्त प्रकाश अर्याल, ७ नं वडाका कार्यवाहक अध्यक्ष नवराज सुवेदी लगायत कार्यपालिका सदस्य तथा वडासदस्यहरुको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *