निर्माण दिवसमा विद्यालयलाई खाद्यान्न वितरण

हेटौँडा, निर्माण व्यवसायी संघ मकवानपुरले हेटौँडा उपमहानगरपालिका १० स्थित संस्कृत विद्यालयमा खाद्यान्न प्रदान गरेको छ।

ADVERTISEMENT

संघले १७ औँ राष्ट्रिय निर्माण दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा विद्यालयलाई खाद्यान्न प्रदान गरेको हो ।
सो अवसरमा संघका अध्यक्ष बालगोपाल कंडेलले संघले निर्माण दिवसको अवसर पारेर सामाजिक उत्तरदायित्व अन्तर्गत संस्कृत विद्यालयलाई खाद्यान्न वितरण गरेको बताउनुभयो ।

खाद्यान्न वितरण कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सागर कटुवाल, प्रथम उपाध्यक्ष भवनाथ अधिकारी, द्धितीय उपाध्यक्ष भीमसेन श्रेष्ठ, महासचिव राजेन्द्र चौलागाईँ, उपमहासचिव सुरज बर्तौला, कोषाध्यक्ष अनल श्रेष्ठ, सहकोषाध्यक्ष प्रकाश लामालगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *