किताबघरको पुस्तक प्रदर्शनी यात्रा सुरु

हेटौंडा, किताबघर हेटौंडाको पुस्तक प्रदर्शनी यात्रा आजबाट सुरु भएको छ । हेटौंडा ८, कमानेस्थित कमाने एकेडेमीबाट ‘किताबघर पुस्तक प्रदर्शनी यात्रा २०८०’ सुरु गरिएको हो ।

असोज महिनाभर चल्ने प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाका आठवटा विद्यालय समेटिने भएका छन् । बालबालिकामा पठन संस्कृतिको विकास गराउन किताबघरले स्कुलस्कुलमै पुगेर प्रदर्शनी गर्ने योजना बनाएको किताबघरका सञ्चालक छवि अनित्यले बताएका छन् ।

प्रदर्शनीमा विद्यार्थीहरूले आफूलाई मनपरेका किताब खरिद गर्न सक्नेछन् । यसका लागि किताबघरले नेपाली तथा अङ्ग्रेजी भाषासाहित्य, इतिहास, विज्ञान, खेलकुद लगायतका चार सय बढी शीर्षकका बालपुस्तक उपलब्ध गराएको छ । मंगलबार कमाने एकेडेमीबाट सुरु भएको प्रदर्शनी यात्रा बुधबार कमानेकै माउन्ट एभरेष्ट बोर्डिङ र शुक्रबार हर्नामाडीस्थित मकवानपुर बाल विद्या सदनमा हुनेछ ।

यस्तै असोज १६ गते जनप्रिय मावि, हटिया, १९ गते रेड रोज इङलिस स्कुल, २३ गते प्रगति मावि, २६ गते बालजागृति इङलिस स्कुल र ३० गते ज्ञानदीप शिक्षा (जीएस) निकेतनमा सम्पन्न हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button