बीउ व्यवसायी संघमा प्रधान

हेटौंडा, नेपाल बीउ व्यवसायी संघ जिल्ला समन्वय समिति मकवानपुरको अध्यक्षमा कृष्णकाजी प्रधान निर्वाचित भएका छन् । संघको सोमबार हेटौँडामा भएको दशौँ वार्षिक साधारण सभा तथा पाँच अधिवेशनले प्रधानलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

ADVERTISEMENT

समितिको उपाध्यक्षमा निराजन बर्तौला, सचिवमा फेन्चु लामा, सहसचिवमा सुजन अधिकारी, कोषाध्यक्षमा नेत्र केसी तथा सदस्यहरुमा गौतम प्रधान, डेण्डीजन लामा, सुजल श्रेष्ठ, अविनाश दाहाल र श्रीमति अनिता अधिकारी निर्वाचित भए । संघको ११ सदस्यीय जिल्ला कार्यसमितिमा एक जना पछि कार्यसमितिबाट मनोनित गर्ने विधानमा व्यवस्था रहेको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाल बीउ व्यवसायी संघका केन्द्रीय महासचिव विश्वराज बानियाँले बीउमा परनिर्भर हुने अवस्था बढ्दै गएको बताए । उनले कृषि उत्पादन वृद्धिका लागि गुणस्तरीय बीउ बिक्री गर्न र मर्यादित व्यवसायमा जोड दिएका थिए ।

बीउ व्यवसायी संघ मकवानपुरका अध्यक्ष रमेश अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका प्रथम उपाध्यक्ष हरिशरण अर्याल, संघका नवनिर्वाचित अध्यक्ष कृष्णकाजी प्रधान, नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्व अध्यक्ष राममणि दाहाल, डेण्डीजन लामा, केशव दुलाललगायतले बोल्नुभएको थियो ।

ADVERTISEMENT

साधारणमा संघ मकवानपुरका सचिव फेन्चु लामाले सचिवको वार्षिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *