दुई रुपैयाँमा पनि बिकेन थाहा नगरको बन्दा

हेटौंडा, तरकारीको पकेट क्षेत्र मानिने मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका किसानहरु यतिबेला पीडामा छन् । लाखौँ रुपैयाँ खर्चसँगै कडा मेहनत गरेर उत्पादन गरेको तरकारीले बजारभाउ नपाउँदा किसानहरु पीडामा परेका हुन् ।

ADVERTISEMENT

मिहेनत गरेर उत्पादन गरेको बन्दा बिक्री नुहँदा खेतमै काटेर मिल्काउनु परेको थाहा नगरपालिका २ का किसान नवराज ढकालले गुनासो गरे । ‘सुरुमा बन्दा २ रुपैयाँ किलोमा बिक्री भइरहेको थियो । व्यापारीहरुले बन्दा लिन नआएपछि बिक्री हुनै छाड्यो’, उनले भने, ‘दुःख गरेर बेमौसमी तरकारी लगायौँ । बिक्री नभएपछि आफैँले काटेर मिल्काउनु परेको छ ।’

थाहा नगरपालिकामा बन्दा दुई रुपैयाँ किलोमा पनि बिक्री गर्न नसक्ने अवस्था आएपछि बन्दालाई बारीमा नै मलको रुपमा प्रयोग गर्नुपर्ने वाध्यता रहेको किसानहरुको भनाई रहेको छ । आर्थिक मन्दी र होटल व्यवसायहरुको सञ्चालनमा कमी आएका कारण तरकारीको मूल्य कम भएको स्थानीय तरकारी व्यापारीहरु बताउँछन्। थाहा नगरपालिका वडा नम्बर ३ का कृषक भुवन सेढाईले ७ हजार बन्दाको बेर्ना रोपेका थिए ।

अहिले उक्त बन्दा बिक्रीका लागि तयार भैसक्यो । बन्दा करिब १० टन उत्पादन भएको छ । १० रुपैयाँ प्रति किलोमा बेच्न पाउँदा १ लाख आम्दानी हुन्छ । सेढाईले भन्छन्, ‘तीन महिना मेहनत गर्दा १ लाख आम्दानी हुन्थ्यो । २५ हजार लगानी हुँदापनि ७५ हजार बचत हुन्थ्यो । कुनै समय ५० रुपैयाँ किलेमा समेत बिक्री हुने गरेकोे बन्दा यसपाली प्रति किलो २ रुपैयाँमा पनि बिक्न मुस्किल छ ।’

बर्सेनी आफूले उत्पादन गरेका तरकारीले मूल्य नपाएपछि कृषकहरु विकल्पको रुपमा विदेशिनुपर्ने बाध्यता रहेको स्थानीय कृषक तोकबहादुर लो बताउँछन् । अहिले थाहा नगरमा काउली, मुला, बन्दा, गाँजर, माछे खुर्सानी, धनियाँ लगायतको तरकारी उत्पादन भइरहेको छ ।

Advertisement 5

अन्य तरकारीको तुलनामा बन्दा र मुलाको बिक्री मूल्य निकै कम भएकोमा कृषकहरुको गुनासो छ । थाहा नगरमा उत्पादन भएका बेमौसमी तरकारी काठमाडौंको कालीमाटी, पोखरा, हेटौंडा, नेपालगन्ज लगायतका क्षेत्रमा बिक्री हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *