नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा ५ जनाको उम्मेदवारी

हेटौंडा, नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ। बुधबार भएको उम्मेदवारी दर्तामा अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको हो । अध्यक्ष पदमा उम्मेदवारी दर्ता गर्नेमा बालकृष्ण अधिकारी, अञ्जली थापा, पोष्टराज अधिकारी, सुरेश श्रेष्ठ र शिव कुमार रिजाल रहेको निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले जानकारी दिए।

ADVERTISEMENT

यस्तै, उपाध्यक्ष (खुल्ला) मा गणेश अधिकारी, ध्रुव अधिकारी र रविन्द्र गौतमले उम्मेदवारी दिएका छन् भने उपाध्यक्ष महिलातर्फ भावना रिजाल र प्रतिक्षा न्यौपानेले उम्मेदवारी दर्ता भएको छ। सचिव पदका लागि पनि ३ जनाले मनोनयन दर्ता गरेका छन्। जसमा केशव सुवेदी, इन्द्रबहादुर बञ्जरा र अशोक सुजन श्रेष्ठ रहेको समिति संयोजक आचार्यले बताए। कोषाध्यक्षमा प्रदिप अधिकारी र एमपी शर्मा, सह–सचिव ९खुल्ला०मा विश्वराम अधिकारी र शिवप्रसाद चौलागाईको उम्मेदवारी दर्ता भएको छ। सहसचिव (समावेशी) मा सन्नु रिजाल र रुपा गुरुङ, सदस्य (दलित) मा संजीव सुनार र सुमित विश्वकर्मा, सदस्य (महिला) मा स्मिता अर्जेल र जमुना थिङ, सदस्य (जनजाति) मा सानुमाया गुरुङ र जयराम मोक्तानले उम्मेदवारी दिएका छन्।

यता, आवश्यक ६ जनाको खुल्ला सदस्यमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा जीवराज बख्रेल, कृष्णा विष्ट ९सुनिता०, कुमारमणि हुमागाईँ, मञ्जिता मैनाली, श्रीराम अर्जुन दहाल, रविन ढुंगाना, सरोज पौडेल, सुमन दाहाल, विवेक सिन्तान, अशेष ढुंगाना, अनिल पराजुली र नवराज वाइवाको उम्मेदवारी दर्ता भएको निर्वाचन समिति संयोजक आचार्यले जानकारी दिए। यस्तै, केन्द्रीय परिषद् सदस्यमा ३ जनाको उम्मेदवारी दर्ता भएको छ। जसमा कमलचन्द्र सुमन, नवराज शर्मा र सुजन विडारी छन्।

बुधबार नै ८ जना निर्विरोध निर्वाचित समेत भैसकेका छन्। सदस्य ९मधेसी० मा मनिल महतो निर्विरोध निर्वाचित भएका छन् भने प्रदेश परिषद् सदस्यमा ६ जना निर्विरोध निर्वाचित भएका छन्। जसमा सुनिल सिवाकोटी, कपिल खड्का, अनिष लुइँटेल, सरला अधिकारी, बलराम पुडासैनी र नवीन आलेमगर रहेका छन् भने केन्द्रीय परिषद् सदस्य ९समावेशी० तर्फ कृष्णराम परियार निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक भानुभक्त आचार्यले बताए।

महासंघको निर्वाचन कार्यक्रमअन्तर्गत शुक्रबार मतदान हुनेछ। नेपाल पत्रकार महासंघ मकवानपुर जिल्ला शाखाको १८ सदस्यीय समिति चयनका लागि निर्वाचन हुँदैछ। ३ वर्षे कार्यकालका लागि एक सय १७ जना मतदाताले मतदान गर्नेछन्।

यसअघि गत शनिबार संघीय समितिको र सोमबार प्रदेश समितिको उम्मेदवारी दर्ता भएको थियो। संघीय समितिको अध्यक्ष पदका लागि निर्मला शर्मा र रमेश विष्टको उम्मेदवारी परेको छ भने बागमती प्रदेश समितिको अध्यक्ष पदका लागि शिव देवकोटा र कृष्ण सारु मगरले उम्मेदवारी दर्ता गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *