भुटनदेवी माविमा उद्यमशीलता तालिम सम्पन्न

हेटौडा, भुटनदेवी मावि (प्राविधिक शिक्षालय)ले सञ्चालन गरेकाे एक महिने उध्यमशलिलता तालिम समापन भएको छ ।

ADVERTISEMENT

समापन कार्यक्रमका प्रमुख अतिथि हेटाैँडा उपमहानगरपालिकाकि नगर प्रमुख मीनाकुमारी लामाले विध्यार्थी लागि प्राथामिक अध्ययन हाे भने साथमा सीप पनि आवश्यक रहेकाे बताए ।

उनले विध्यालयले सीपमूलक तालिम सञ्चालन गरेर निकै महत्वपूर्ण कार्य गरेकाे र हेटाैँडाकाे अग्रिणी विध्यालय भुटनदेवी माविमा यस्ताे सृजनात्मक र सीपमूलक कार्य गरेर शिक्षाकाे दायरालाई फराकिलाे बनाएकाे बताउनु भयाे । कार्यक्रमका विशेष अतिथि ४ नं. वडाका वडा तथा विध्यालयका अध्यक्ष नवीन सिग्देलले भुटनदेवी मावि आफैमा प्राविधिक शिक्षालय भएकाेले औपचारिक शिक्षाका साथै विध्यार्थीकाे शारिरीक र मानसिक चाैतर्फी विकासमा विध्यालयले विभिन्न सीपमूलक र अतिरिक्त क्रियाकलापमा पनि प्राथमिकता दिएकाे बताए ।

उनले शिक्षामा सुधार गर्ने हाे भने प्राविधिक र सीपमूलक शिक्षामा सबै तहकाे सरकार र विध्यालय लगानी गर्नुपर्ने बताउँदै यस्ताे कार्यक्रमकाे निरन्तरता दिने जानकारी दिनुभयाे । कार्यक्रममा विध्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले ईलेक्टिकल २० जना, व्यूटी पार्लर २० जना र कपाल काट्ने २० जना १ महिने तालिम ६० जनालाई प्रदान गरिएकाे र विध्यालयकाे आन्तरिक श्राेतबाट बजेट व्यवस्थापन सीपमूलक तालिम सञ्चालन गरिएकाे बताउनु भयाे ।

कार्यक्रम उपलब्धिमूल रहेकाे दाहालकाे भनाई थियाे ।  विध्यालयकाे आन्तरिक श्राेतबाट व्यवस्थापन गरिएकाे हाे । तालिममा सहभागी विध्यार्थी प्रशिक्षकले तालिम अत्यन्तै प्रभावकारी र उपयाेगी रहेकाे बताउनु भएकाे छ । उहाँहरूले यस्ताे कार्यक्रमलाई विध्यालय र सरकारले प्राथमिकताका साथ सञ्चालन गर्नुपर्नमा जाेड दिएका थिए । कार्यक्रममा प्रशिक्षार्थी र प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरिएकाे थियाे ।


विध्यालय व्यवस्थापन समितिका सदस्य नारायण तिमल्सिनाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा
कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, विध्यालय व्यवस्थापन समिति सदस्य राजेन्द्रकुमार बस्ताकाेटी, सहप्रधानाध्यापक भरत पाेखरेल, शिक्षक प्रतिनिधि सूर्यप्रसाद घिमिरे, मावि संयाेजक संगीता उप्रेती, प्रावि संयाेजक मुकुन्द न्याैपाने, प्रशिक्षकहरू ज्ञानेन्द्र देवकाेटा( ईलेक्टिक), किरण अधिकारी (हेयर कटिङ्ग) र सकुन्तला बानियाँ (व्यूटिपार्लर) लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *