आमाको चित्र बनाउने विद्यार्थीलाई नगद पचास हजार रुपैयाँ

हेटौंडा, हेटौंडा स्कूल अफ म्यानेजमेन्टले आफ्नो आमाको अनुहार चित्र बनाउने विद्यार्थीलाई नगद पचास हजार रुपैयाँ दिने भएको छ । म्यानेजमेन्टले हेटौंडा उपमहानगरपालिका अन्तर्गत विद्यालय स्तरीय (कक्षा१–१२) सम्म अध्ययनरत विद्यार्थीले चित्रकला प्रतियोगितामा समावेश हुन पाउने छन् ।

ADVERTISEMENT

जेठ १० गते सम्म कुनै पनि माध्यममा चित्र निर्माण गरी न्यूनतम पनि १८ इन्च x २४ इन्चकोमा पेन्टीङलाई फ्रेम गरी उक्त पेन्टीङलाई आ–आफ्नो विद्यालयबाट प्रमाणित गरी क्याम्पसमा बुझाउनु पर्ने छ ।

चित्रकला पूर्णतया आफैँले निर्माण गरेको हुनुपर्नेछ अन्यथा कुनै पनि शंकास्पद भेटिएमा त्यस्ता चित्रकलालाई प्रतियोगितामा समावेश नगराउने चित्रकला प्रतियोगितामा जारी सूचनामा उल्लेख गरिएको छ । निर्णायक कमिटीले उत्कृष्टताका आधारमा प्रथम हुनेलाई नगद पचास हजार, द्वितीय हुनेलाई तीस हजार, तृतीय हुनेलाई नगद १५ हजार रुपैयाँ र सान्त्वना हुने पाँच जनालाई नगद ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya