पुस ११ गते दोस्रो कमाने महोत्सव

हेटौंडा, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८, कमानेमा यही पुष ११ गतेदेखि १३ गतेसम्म दोस्रो कमाने महोत्सव–२०८१ हुने भएको छ । हेटौंडा–८ को चालु कार्यक्रम अन्तर्गत “स्थानीय पर्यटन, स्थानीय सांस्कतिक प्रबर्द्धन, स्थानीय व्यापार प्रदर्शनी” भन्ने मूल नाराका साथ उक्त महोत्सव हुन लागेको हो ।

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका–८ नम्बर वडाको आयोजनामा हुने महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले बुधबार हेटौंडा बजारमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । हेटौंडा उपमहानगरपालिका वडा–८ को चालु कार्यक्रमअन्तर्गत् ‘स्थानीय पर्यटन, स्थानीय सांस्कतिक प्रबद्र्धन, स्थानीय व्यापार प्रदर्शनी’ भन्ने मूल नाराका साथ पुष ११, १२ र १३ गते महोत्सवको आयोजना गर्न लागिएको हो । वडाभित्र रहेका स्थानीय कला संस्कृति पहिचान र व्यापार, व्यवसाय प्रदर्शनी गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको वडाका अध्यक्ष राम थापाले बताए ।

‘साना उद्योग तथा महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण एवम् प्रदर्शनीमार्फत् वडामा रहेका १९ वटै टोल विकास संस्थाको उत्पादनले बजारमा आफ्नो पहिचान गराउन सकोस भन्ने हाम्रो मुख्य उद्देश्य हो ।’, वडाअध्यक्ष अध्यक्ष राम थापाले भने ।

ADVERTISEMENT

कार्यक्रमलाई थप आकर्षक बनाउन वडाभित्र रहेका २१ वटा बाल समूहहरुको विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि हुने बताइएको छ । वडामा हुने महोत्सवले वडाका उत्पादनलाई बजारीकरण गर्न, विभिन्न समूहहरुका सीपलाई उजागर गर्नुका साथै गर्नुका साथै वडाका होटल व्यवसायीलाई आर्थिक टेवा पुग्नेसमेत विश्वास लिइएको छ ।
कार्यक्रम सम्पन्न गर्न कुल ८ लाख रुपैयाँ लागत लाग्ने अनुमान रहेको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *