व्यवसायीको घरदैलोमा मत माग्दै प्रमोद सिंह रानाभाट

हेटौंडा, मकवानपुर उद्योग बाणिज्य संघको निर्वाचन नजिकिएसँगै अध्यक्ष पदका उम्मेदवार प्रमोद सिंह रानाभाट नेतृत्वको समूह व्यवसायीको टोली बुधबार मनहरी बजार क्षेत्रका मतदातासमक्ष पुगेका छन् ।

ADVERTISEMENT

चुनावी अभियानका क्रममा मतदातासँग संवाद गर्दै रानाभाटले आफू मकवानपुरका व्यवसायीहरूको समस्याको समाधान र व्यवसाय प्रवर्द्धनका लागि प्रतिबद्ध रहेको बताए । उनले नयाँ उद्योग स्थापना, एकद्वार प्रणालीको कार्यान्वयन, महिला र युवा उद्यमीलाई सहुलियत कार्यक्रम, र उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा पु(याउने योजनाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरे।
मतदातासँगको संवादपछि रानाभाटले मतदाताबाट सकारात्मक प्रतिक्रिया पाएको बताए।

“मतदाताको उत्साह र समर्थनले हाम्रो अभियानलाई अझ बलियो बनाएको छ। उनीहरूले हाम्रा योजनाहरूलाई समर्थन र भरोसा व्यक्त गरेका छन्,” उनले भने। मनहरीका व्यवसायीहरू र नागरिकहरूले मकवानपुर उद्योग वाणिज्य संघमा सशक्त नेतृत्वको खाँचो रहेको बताउँदै रानाभाटप्रति विश्वास व्यक्त गरेका छन्।

चुनाव नजिकिँदै जाँदा रानाभाटको अभियानले गति लिएको छ। व्यवसायीहरूले यो निर्वाचनलाई नेतृत्व चयनको मात्र नभई व्यवसाय क्षेत्रको भविष्य तय गर्ने अवसरको रूपमा हेरेका छन् ।
यता अध्यक्ष पदकाअर्का उम्मेदवार घोषणा गरेका अनिल अग्रवालपनि मतदाता भेटघाटमा ब्यस्त देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya