सुनगाभा शिक्षा निकेतनको २५ औँ अभिभावक भेला

हेटौंडा, हेटौडा–६ चौघडामा रहेको सुनगाभा शिक्षा निकेतन ईङलिस स्कूलको २५ औँ अभिभावक भेला तथा विविध साँस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । विद्यालयका अध्यक्ष रामहरि न्यौपानेले संस्थागत प्रतिवेदन र प्रिन्सिपल अरुण कुमार पराजुलीले शैक्षिक प्रतिवेदन पेश गरेका थिए ।

ADVERTISEMENT

हेटोडा उपमहानगरपालिका ६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालको प्रमुख आतिथ्यता एवम् विद्यालयका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा भेला भएको हो । कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट शिक्षक, शिक्षिका, विधार्थी, अभिभावक लगायतकालाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा हेटौडा –६ का वडा सदस्य लेखराज ढकाल, सरिता सापकोटा , राष्ट्रिय सहकारी बैक हेटौडाका प्रमुख रामेश्वर अर्याल, शिक्षाविद बद्री बहादुर पाठक, विधालयका पूर्व अध्यक्ष हिमाल पौडेल, शिक्षक अभिभावक संघ अध्यक्ष लक्ष्मी कुमारी कर्माचार्य, सहायक प्रिन्सिपल सुस्मिता न्यौपाने, बाल संजालकी अध्यक्ष आरोहि गौतम,सञ्चारकर्मी भीमसेन पौडेल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा विधार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । सुनगाभा विद्यालयमा करिव ७ सय विद्यार्थीहरू अध्ययनरत रहेका छन्

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *