बागमती गोल्डकप प्रतियोगिताको सेमिफाइलन समिकरण पूरा

हेटौंडा, सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता–२०८१ को अन्तिम चारको समिकरण पूरा भएको छ । प्रतियोगिताअन्तर्गत् विहीबार बागमती–४ स्थित सहिद स्मृति रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा सर्लाहीको बागमती युवा क्लबलाई १–० गोलले हराउँदै मछिन्द्र सेमिफाइनलमा प्रवेश गरेसगै समिकरण पूरा भएको हो ।

ADVERTISEMENT

साविकको विजेता समेत रहेको मछिन्द्रको जीतमा खेलको ४३ औं मिनेटमा रेजिन सुब्बाले पेनाल्टीमार्फत गोल गरे । बागमतीका खेलाडी हेमन्त भुजेलले खेलको ४२ औं मिनेटमा गोललाइनमा हातले बल रोकेपछी रेफ्रीले पेनाल्टी दिएको थियो । त्यस मौकालाई सदुपयोग गर्दै सुब्बाले गोल गरेको हो । खेलको म्यान अफ द म्याच भने मछिन्द्रकै शिशिर लेखी घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा आयोजक बागमती गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गर्दै बागमती युवा क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

मछिन्द्रलाई भने सिधै क्वाटरफाइनलमा स्थान दिइएको थियो । गत संस्करणमा सशस्त्र प्रहरीको एपीएफलाई पराजित गर्दै मछिन्द्रले उपाधीमा आफ्नो नाम लेखाएको थियो । पहिलो सेमिफाइनल शुक्रबार चर्च व्वाइजले संकटासँग प्रतिस्पर्धा गर्ने तय भएको छ भने मछिन्द्रले शनिबार थ्रीस्टार क्लबसँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिता फाइनल फागुन १२ गते हुनेछ । प्रतियोगिताको च्याम्पियन टोलीले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन्रु। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *