तिहार सकियो, छठ सुरु

हेटौंडा, नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड तिहार सकिएसँगै छठपर्व सुरु भएको छ। अस्ताउँदो सूर्यको उपासनाबाट सुरु भई उदाउँदो सूर्यलाई अर्घ्य दिएर सम्पन्न गरिने छठपर्वको हेटौँडामा पनि सुरु भएको हो। हेटौंडामा पछिल्लो केही वर्षयता छठ पर्वलाई महत्वका साथ मनाउने गरिएको छ।

ADVERTISEMENT

तस्विरः फाइल

हेटौंडा–१ राप्ती नदी तटमा छठ पर्वको तयारी भईरहेको छठ पूजा व्यवस्थापन समितिले जनाएको छ । राप्तीतट सम्याएर पण्डाल निर्माणको काम भईरहेको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गतको सडकखण्डबाट राप्तीतटतर्फ जाने बाटामा टेन्ट र ध्वजासहितको गेटहरू निर्माण गरिने छ।

पूजाका लागि आउने भक्तजनहरूका नदि किनारामा पाल टाँगिएको छभने पूजा अवलोकन गर्न आउनेहरूका लागि विभिन्न कलात्मक मूर्तिहरू सजाइने छ ।

अघिल्ला वर्ष राप्तीतटमा हजारौँको संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेकाले त्यहि अनुसार तयारी र व्यवस्थापनको काम भईरहेको समितिले जानकारी दिएको छ ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *