हेटौंडामा सडक खाना महोत्सव हुने

हेटौंडा, यही पुस १३ गतेदेखि १६ गतेसम्म हेटौंडामा सडक खाना महोत्सव हुने भएको छ । “सडकमा जाऔं,सडकमा खाऔं, सडकमै रमाऔं” भन्ने मूल नाराका साथ मकवानपुर होटल एशोसिएसन अफ मकवानपुरले चार दिने सडक खाना महोत्सवको आयोजना गर्न लागेको हो ।

ADVERTISEMENT

विहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी खाना महोत्सवको बारेमा जानकारी दिएको हो । महोत्सव हेटौंडा–४ स्थित हुप्रचौरको पूर्व तर्फको सडकमा हुने होटल एशोसियएसन मकवानपुरका अध्यक्ष दिलिस गोविन्द जोशीले जानकारी दिए ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर आयोजना गर्न लागिएको महोत्सवमा खानाका पारखीहरुलाई पौराणिक देखि आधुनिक परिकारको स्वाद चखाउने र स्थानीय कलाकारहरुको साँस्कृतिक नृत्य, गायनद्वारा भरपुर मनोरञ्जन दिने मुख्य उद्देश्य रहेको अध्यक्ष जोशीले बताए । उनका अनुसार, महोत्सवमा करिब ४० वटा स्टलहरु राखिनेछ । महोत्सव सम्पन्न गर्न करिब १४ लाख ५० हजार रुपैँया खर्च हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *