शिक्षाका लागि राष्ट्रिय अभियानको प्रदेशमा पुनः खतिवडा

हेटौंडा,शिक्षाका लागि राष्ट्रिय अभियानको बागमती प्रदेश समिति अध्यक्षमा पुनः मकवानपुरमा प्रकाश खतिवडा चयन भएका छन् । बागमती प्रदेशमा रहेका शिक्षाका लागि राष्ट्रिय अभियानको सदस्य संस्थाहरुको चितवनको सौराहामा भएको दोस्रो महाधिवेशनले पुनः खतिवडाकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा उषा बज्राचार्य, सचिव रामचन्द्र आचार्य, कोषाध्यक्ष अनिता नेपाली तथा सदस्यमा हर्कबहादुर तामाङ, कृष्णप्रसाद पराजुली, भीम पोखरेल, लक्ष्मी थापा र कुमारी वाइबा निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका सदस्य जेनी राईले जानकारी दिइन् ।अभियानका बागमती प्रदेश संयोजक खतिवडाको अध्यक्षता एवम् शिक्षाका लागि राष्ट्रिय अभियान केन्द्रीय अध्यक्ष राजेन्द्र पहाडीको प्रमुख आतिथ्यतामा महाधिवेशन भएको हो । महाधिवेशनमा केन्द्रीय उपाध्यक्ष सान्त्वना देवकोटा, महासचिव सुदर्शन सिग्देल, कोषाध्यक्ष जेनी राई लगायतको आतिथ्यता थियो ।

नवनिर्वाचित प्रदेश अध्यक्ष खतिवडाले प्रदेश सरकारको शिक्षा नीति बनाउनमा सहकार्य गर्ने र सार्वजनिक शिक्षाको क्षेत्रमा भएको न्यून लगानीको कारणले गुणस्तर खस्कदै गएको निजी बिद्यालयको भर्नामा बृद्धि भएकोले सामाजिक असमानताहरु बढिरहेका सन्दर्भमा कृयाशिल हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button