हेटौंडा/मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिको आयोजनामा भएको १५ आँै मकवानपुर जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगितामा हटिया डोजाङ प्रथम भएको छ । मकवानपुरमा रहेका १५ वटा डोजाङले सहभागिता जनाएको प्रतियोगितामा मकवानपुर डोजाङ द्वितीय र सेकग्नाईज डोजाङ तृतीय हुन सफल भएको छ ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टीमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । २०–२४ तौल उमेर समूहमा जुनियरतर्फ पुरुषमा संयोग माझी, महिला तर्फ ३२–३६ उमेर समूहका ईभा जिम्बा उत्कृष्ट खेलाडी घोषित भए । त्यसैगरी ४५ देखि ५० उमेर समूह सिनियरतर्फ पुरुषमा बिक्रम पाख्रिन र महिलातर्फ ४५–४९ उमेर समूहमा निरन्जना राना उत्कृष्ट खेलाडी घोषित भए । हेटौंडाको कर्भडहलमा भएको प्रतियोगिता दुईदिन सम्म सञ्चालन भएको थियो । मकवानपुर जिल्ला तेक्वान्दो कार्य समितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको अध्यक्षतामा भएको समापन कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतियोगिता नहुँदा जिल्लाका खेलाडीहरु निराश भएकोले गर्दा जुनियर देखि सिनियर खेलाडीलाई लक्षित गरी प्रतियोगिता आयोजना गरेको समितिका अध्यक्ष बज्राचार्यले जानकारी दिए । कार्यक्रममा नगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाहि, जिल्ला खेल्कुद बिकास समिति मकवानपुरका कार्यालय प्रमुख माधब कोईरालालगायतको आतिथ्यता रहेको थियो ।