समाजको अग्रसरले विकृति र विसङ्गति हट्छ: महानिरिक्षक केसी

हेटौंडा, बागमती प्रदेशका प्रहरी नायव महानिरिक्षक विष्णुकुमार केसीले समाजको अग्रसरताले मात्रै विकृति र विसङ्गति हटाउन सकिने बताए ।

ADVERTISEMENT

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र हेटौँडा ११ थानाभर्याङले सोमबार महानिरिक्षक विष्णुकुमार केसीलाई स्वागत गरेको थियो । समाजमा शान्ति, सुरक्षा कायम गर्न सामुदायिक प्रहरी साझेदारी कार्यक्रम लागु भएपछि समुदायसँग प्रहरीले मिलेर काम गर्न सजिलो भएको उनले बताए ।

हेटौँडा १० वडाअध्यक्ष फुर्वादोर्जे तामाङले समाजको विकृति हटाउन प्रहरकिो भूमिका अग्रस्थानमा रहने बताए । सामुदायिक सेवा केन्द्रका अध्यक्ष देवकुमार श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहाल, हेटौँडा १० का वडाअध्यक्ष फुर्वादोर्जे तामाङ, वडा सदस्यहरु गोपिनी सापकोटा, गीता सुनार, सञ्जय बिडारी, सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौँडा बसपार्कका अध्यक्ष प्रदिप कँडेल, टोल विकास संस्था वडा समन्वय समिति हेटौँडा ११ का अध्यक्ष यज्ञप्रसाद आचायलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya