मनहरीमा गैँडाको आक्रमणबाट महिला घाइते

हेटौँडा, मनहरी गाउँपालिका ६ मा गैँडाको आक्रमणबाट एक महिला घाइते हुनुभएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहान ८ः३० बजेको समयमा मनहरी गाउँपालिका ६ लोथरखोला नजिक रहेको लामेदमार मध्यवर्ती सामुदायिक वनमा गैँडाको आक्रमणबाट दिलमाया स्याङ्तान घाइते हुनुभएको हो ।

ADVERTISEMENT

जङ्गलमा घाँस काटन र गोबर टिप्न गएको अवस्थामा चितवन जिल्ला राप्ती नगरपालिका १ दुबिचौरकी ७० वर्षीया स्याङ्तानलाई गैँडाले आक्रमण गरेको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

स्याङ्तानलाई गैँडाले आक्रमण गर्दाको अवस्थामा घटनास्थल आसपासमा रहेका स्थानीयले होहल्ला गरेपछि गैँडा जङ्गलतर्फ भागेको थियो । घाइते स्याङ्तानको हात, शरीर र निधारमा चोट लागेको र उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *