हेटौँडा, हेटौंडा ४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयको सप्ताहव्यापी खेलकुद प्रतियोगिता जारी रहेको छ । विद्यालयको एथ्लेटिक्सतर्फको विभिन्न विधाका खेल आज मङ्गलबारबाट हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा शुरु भएको हो ।

हेटौंडा ५ नम्बर वडा अध्यक्ष सुशील घिमिरेले क्याम्पा रंगशालामा हुने खेलको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहमा स्काउटमा सहभागी विद्यार्थीले मार्चपास गरेका थिए । प्रतियोगिताका संयोजक तक्षक सिम्खडाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशी, विद्यालयका निर्देशक दिपेश जोशीलगायतको आतिथ्यता रहेको थियो ।

प्रतियोगितामा राजाराम पोखरेल, विनोद श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । कक्षा ४ देखि ९ सम्म अध्ययनरत विद्यार्थीहरूको सहभागितामा रंगशलामा अन्तर सदनात्मक हाउसमा जुनियर र सिनियरका विभिन्न खेलहरु सञ्चालन हुने छन् । विद्यालयका सदनबीच भएको खेलकुद सप्ताहमा फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, चेस, टेबुलटेनिसका खेल सम्पन्न भइसकेको प्रतियोगिताका संयोजक तक्षक सिम्खडाले जानकारी दिए । पिप्ले–क्याम्पा रंगशालामा हुने खेलकुद प्रतियोगिताको अवलोकनका लागि अभिभावकको पनि उपस्थिति रहेको छ ।







