हेटौडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइन्सेस स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुको सोसियल सर्भीस क्लवको आयोजनामा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रक्तदान कार्यक्रममा शिक्षक, विद्यार्थी तथा कर्मचारी गरी ४३ जनाले रक्तदान गरेका छन् । सोसियल सर्भीस क्लका अध्यक्ष मोनिका खनालको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसका प्रिन्सीपल पुरनबहादुर जोशीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
नेपाल रेडक्रस सोसाइटी मकवानपुरका टंक दाहालको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।







