कारागारका कैदीबन्दीलाई कैलाश गाउँपालिकाको सहयोग

हेटौंडा, कैलाश गाउँपालिकाले भीमफेदी कारागारका कैदीवन्दीलाई यस वर्ष पनि खसीसहित खाद्यसामग्रि उपलब्ध गराएको छ । आज मंगलबार कारागारमैं पुगेर पालिकाका अध्यक्ष लोकबहादुर मुक्तान, कैलाश १ का वडाअध्यक्ष तेज बहादुर ब्लोन, वडा नम्बर ७ का वडाध्यक्ष उदास कुमार भोलन, कलैशका लेखा अधिकृत नवीन धिताल सहितको टोलीले २ ओटा खसी, ६ बोरा चिउरा र २ कार्टुन तेल हस्तान्तरण गरेका छन् ।

ADVERTISEMENT

कारागारमा रहेका कैदीवन्दीलाई दशैं मान्न राहत मिल्छ भनेर खसीसहित खाद्यसामग्रि उपलब्ध गराइएको पालिकाका अध्यक्ष मुक्तानले बताए । कारागारमा पुरुष र महिला ब्लकका अहिले १ हजार ४४ पुरुष र ४८ महिला सहित १ जना नाबालक आश्रित रहेका छन्। गाउँपालिका प्रत्येक वर्ष दशैको अवसरमा कारागारका कैदी बन्दीलाई खसी र खाद्यान्न सहयोग गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *