महालक्ष्मी साहित्य पुरस्कार महाकाव्यकार अर्याललाई प्रदान गरिने

हेटौंडा, यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०८० मकवानपुरकी महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंक लिमिटेडको संयोजनमा प्रदान गर्दै आएको पुरस्कारको २१ औं सम्मान अर्याललाई प्रदान गरिने निर्णय भएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

ADVERTISEMENT

२०५६ सालमा स्थापना भएको समाजले २०५९ सालमा यती फाइनान्स साहित्य पुरस्कार को स्थापना भएको हो । पछि २०७४ को १५ औँ श्रृङ्खलादेखी पुरस्कारको नाम महालक्ष्मी साहित्य पुरस्कार भएको छ । यस वर्ष उक्त पुरस्कार अर्याललाई प्रदान गरिने समाजका अध्यक्ष कृष्णप्रसाद दाहालले बताए । उक्त पुरस्कारको राशी ५१ हजार रहेको जनाइएको छ । त्यस्तै, समाजसेवी ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० बाट हेटौंडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कारका राशी भने नगद १० हजार रहेको अध्यक्ष दाहालले बताए । सोही अवसरमा मकवानपुर श्री सम्मानबाट मकवानपुरका अग्रज शिक्षाप्रेमी बद्रीनाथ शर्मा अर्याललाई प्रदान गरिने भएको छ ।

सम्मान तथा पुरस्कार समर्पण असोज ५ गते शनिबार हेटौंडामा हुने जनाइएको छ । पत्रकार सम्मेलनमा समाजका प्रमुख संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष ह्यग्रीव आचार्य, समाजका अध्यक्ष कृष्णप्रसाद दाहाल, वैंकका शाखा प्रवन्धक अनन्तराज धिताल, समाजका पदाधिकारी, पत्रकार महासंघका कार्यबहाक अध्यक्ष ध्रुव अधिकारी लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4
विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya