ग्याँस विक्रेता महासंघ नेपाल बागमती प्रदेश समितिको पदस्थापना

हेटौंडा/ग्याँस विक्रेता महासंघ नेपाल बागमती प्रदेशको काठमाडौँमा सम्पन्न दोस्रो अधिवेशनबाट निर्वाचन भएका कार्यसमितिलाई शनिबार हेटौंडामा एक कार्यक्रमका बीच पदस्थापना गरिएको छ । ग्याँस विक्रेता महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष राधिका महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामाले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

ADVERTISEMENT

विनोदमान श्रेष्ठलाई प्रमाणपत्र प्रदान गर्दै मयेर मिना लामा

ग्याँस विक्रेता महासंघ नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन तथा चौथो वार्षिक साधारणसभाबाट अध्यक्षमा बिनोदमान श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सन्तप्रसाद श्रेष्ठ (प्रविन), उपाध्यक्षमा उषा पौडेल, महासचिवमा केशवप्रसाद मुडभरी, कोषाध्यक्षमा मदन कुमार न्यौपाने र सचिवमा हरिदास अमात्य सर्वसम्मत चयन भएका थिए । त्यसैगरी सदस्यमा लिलाधर शर्मा, खड्क भुवन श्रेष्ठ, विश्व जोशी, कृष्णबहादुर ढुंगाना र जितबहादुर सारु मगर चयन भएका थिए ।

ग्याँस विक्रेता महासंघ नेपाल बागमती प्रदेशको नवनिर्वाचित कार्यसमितिलाई मकवानपुर ग्याँस व्यवसाय संघले शनिबार नै बधाई तथा शुभकामना ज्ञापन गरेको छ । कार्यक्रममा बोल्दै मकवानपुर ग्याँस व्यवसाय संघका अध्यक्ष दिलिशगोविन्द जोशीले नवनिर्वाचित समितिलाई एक ढिक्का भएर व्यवसायीको हकहित र अधिकारको निम्ति कार्य गर्न आग्रह गरेकाथिए । कार्यक्रममा ग्याँस विक्रेता महासंघका उपाध्यक्ष अर्जुन खत्री, महासंघका निर्वाचन समितिका अध्यक्ष विष्णुप्रसाद दुलाल, मकवानपुर ग्याँस व्यवसायी संघका अध्यक्ष दिलिशगोविन्द जोशीलगायतको आतिथ्यता रहेको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *