हेटौंडा, हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा नगर खेलकुद विकास समितिको आयोजनामा यही जेठ ४ गतेबाट हेटौंडामा महिला खल महोत्सव हुने भएको छ । महिलाहरुको मात्रै सहभागीता रहने तीनदिने महिला खेल महोत्सवमा ७ वटा खेलहरु खेलाइने छ ।
जेठ ४ गते महिला रन प्रतियोगिता, महिला स्लो स्कुटी रेस प्रतियोगिता, महिला म्युजिकल चियर प्रतियोगिता र महिला डोरी तानातान प्रतियोगिता हुने छ । यसैगरी जेठ ५ गते महिला फुटसल प्रतियोगिता, महिला भलिबल प्रतियोगिता हुने र जेठ ६ गते महिला सेवेन ए साईड फुटबल प्रतियोगिता हुने समितिले जनाएको छ ।
महिला रन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, सान्त्वना हुनेलाई क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी महिला स्लो स्कुटी रेसमा प्रथम, द्वितीय र सान्त्वना हुनेलाई नगद १० हजार, ७ हजार ५ सय र ५ हजार रुपैयाँसहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ । महिला म्युजिकल चियर प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौ हुनेलाई १० हजार, ८ हजार, ६ हजार, ४ हजार र २ हजार शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गर्ने छ ।
त्यसैगरी महिला डोरी तानातान प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, द्वितीय हुनेलाई १० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसैगरी महिला फुटसल प्रतियोगितामा प्रथम हुनेलार्य नगद १५ हजार र द्वितीय हुनेलाई १० हजार शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । महिला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई नगद २५ हजार, द्वितिय हुनेलाई १५ हजार रुपैयाँ र महिला सेवेन ए साइड फुटबलमा प्रथम हुनेलार्य नगद २५ हजार र द्वितीय हुनेलाई १५ हजार रुपैयाँ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।







