बालजागृति विद्यालयमा ‘स्टिम’ परियोजनाको प्रदर्शनी

हेटौंडा, हेटौंडा २ मा रहेको बालजागृति इङ्लिस सेकेण्डरी विद्यालय कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीले ‘स्टिम’ परियोजनामा सिकेका कुरालाई सोमबार विद्यालयको प्राङ्गणमा प्रदर्शनी देखाएका छन् । स्टिम भन्नाले वैज्ञानिक शिक्षाका लागि मोडल स्कूल तयार पार्ने उद्देश्यले कारखाना नामक संस्थाले बालजागृति विद्यालयसँग विगत एकवर्षदेखि सहकार्य गरिरहेको छ।

ADVERTISEMENT

बिद्यालयका ६, ७ र ८ कक्षामा अध्ययनरत ३६८ जना बिद्यार्थीले परियोजनामा तयार पारेका सामाग्रीहरुको प्रयोगात्मक तवरले देखाउँदै प्रदर्शनीमा राखेका थिए । प्रदशनी हेर्न आएका अभिभावक, अतिथिहरुले विद्यार्थीले निर्माण गरेका विभिन्न सामग्रीहरु नियालेर अवलोकन गरिरहेका थिए । विद्यार्थीले ९२ वटा फरक फरक प्रकारका सामाग्रीहरु निर्माण गरी प्रदर्शनीमा राखेका थिए।

‘विद्यार्थीको सोच्ने शक्तिको विकास, खोज अनुसन्धानको विकास र विद्यार्थीहरुको प्रतिभा अगाडि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरेका हौँ।’ विद्यालयका प्रिन्सिपल विनोद सुवेदीले भने –‘विद्यार्थीमा भएको क्षेमता प्रस्फोटन, सोचको विकास, खोजको विकास, समूहमा कार्य गर्ने क्षमताको विकास, विद्यार्थीहरु भविष्यमा नवप्रवद्र्धक बन्नमा यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ ।’

‘कारखाना संस्थासँग गतवर्षदेखि विद्यालयले सहकार्य गरी ‘एमयूई’ गरेर कार्यक्रम सञ्चालन गरेका छौँ ।’ उनले भने –‘हाम्रो मुख्य उद्देश्य भनेकै विद्यार्थीको सोचमा परिवर्तन ल्याउनु हो । नयाँ आविष्कारहरुको खोज पत्ता लगाउनु हो । समस्याको पहिचान गरेर तार्किक क्षमताको विकास गरी विद्यार्थीहरुको भावनात्मक मात्र नभई सिप, दक्षता र दैनिक जीवनसँग जोड्ने छौँ ।’
विद्यार्थीहरुको प्रतिभा परिचान गरेर बिद्यालयले आवस्यक लगानी गरेर कार्यक्रम सञ्चालन गरेको हो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *