नवोदयद्वारा ग्रामीण स्वास्थ्यलाई पुस्तक सहयोग

हेटौंडा, हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई पुस्तक वितरण गरेको छ ।

ADVERTISEMENT

नवोदय पुस्तकालयमा रहेको १ हजार पुस्तक सेवा गुठीलाई सहयोग गरेको पुस्तकालय शिक्षिका अन्जिता मिश्रले जानकारी दिनुभयो ।

वि.सं. २०४९ सालमा स्थापना भएको गैर नाफामूलक संस्था ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गुठीले छोरीहरुलाई ग्राहयता दिएर पढाइरहेको भन्ने जानकारी पायौँ ।’ पुस्तकालय शिक्षिका मिश्रले भन्नुभयो –‘नवोदय विद्यालयले पनि बाह्य पुस्तक पढ्ने बानीको विकास गराउने उद्देश्यले संस्थालाई सहयोग गरेका हौँ ।’

पुस्तक हस्तान्तरण कार्यक्रममा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठी मकवानपुरका कार्यक्रम संयोजक तजबीज गर्तौला, रामेछापका संयोजक उमेश नेपाल, विद्यालयका माध्यमिक शैक्षिक संयोजक सिएम रिमाललगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *