हेटौँडा मोबाइल व्यवसायी छतेन्द्र आचार्य नेपाल मोबाइल व्यवसायी महासंघको महासचिवमा निर्वाचित

हेटौँडा, हेटौँडाका मोबाइल व्यवसायी छतेन्द्र आचार्य नेपाल मोबाइल व्यवसायी महासंघको महासचिवमा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न महासंघको तेस्रो महाधिवेशनबाट आगामी दुई वर्षे कार्यकालका लागि आचार्य महासचिवमा चयन भएका हुन् ।

ADVERTISEMENT

महासंघको अध्यक्षमा रमेश घिमिरे निर्वाचित भएका छन् । निर्वाचन समितिका प्रमुख सन्तोष भण्डारीका अनुसार वरिष्ठ उपाध्यक्षमा डिल्लीबहादुर तामाङ निर्वाचित हुँदा सात उपाध्यक्षमा उदयबहादुर केसी, दिलबहादुर लामा, सुवास बम, दीपक पाण्डे, दीपकबाबु बोगटी, बद्री कुँवर र सुरेश बानियाँ चयन भएका छन् ।

यसैगरी कोषाध्यक्षमा लवकृष्ण श्रेष्ठ निर्वाचित भएका छन् भने सचिवमा ङेमा लामा, नारायण सुवेदी, विष्णु ज्ञवाली र सपना नहर्की चयन भएका छन् । सहकोषाध्यक्षमा रुद्रमणि धिताल निर्वाचित भएका छन् ।

ADVERTISEMENT

महाधिवेशनबाट विभिन्न पदमा केन्द्रीय सदस्यहरू समेत चयन गरिएको छ । अध्यक्षसहित अधिकांश पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए भने अध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा मात्र निर्वाचन भएको थियो ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *