हेटौंडा–१ बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा

हेटौंडा, हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भएको छ । शुक्रबार हेटौंडा उपमहानगरपालिकाका मेयर मीनाकुमारी लामाले १ नम्बर बालमैत्री वडा भएको घोषणा गरेकी हुन् ।

ADVERTISEMENT

मेयर लामाले बालमैत्री घोषणालाई दिगो रुपमा सार्थकता दिने गरी काम गर्न अनुरोध गरिन् । वडा अध्यक्ष न्यौपानेका अनुसार बालमैत्री घोषणाका लागि आवश्यक ५१ सूचकमध्ये ४७ वटामा सत्प्रतिशत र बाँकी ४ वटा सूचकमा क्रमशः ८२ देखि ९६ प्रतिशतसम्म नतिजा हाँसिल पश्चात घोषणा गरिएको हो ।

१४ दशमलव ८६ वर्ग किलोमिटर रहेको यस वडामा घरधुरी तथ्यांक सर्वेक्षण अनुसार ६ हजार ७९० जनसंख्या रहेको छ । यस वडामा १८ वर्ष मुनीका बालबालिकाको संख्या २०१४ रहेका छन् ।५ वटा सामुदायिक र एउटा संस्थागत विद्यालय रहेको १ नम्बर वडामा १८ वटा बाल समूह र एउटा बाल सञ्जाल सक्रिय रहेको उनले बताए ।

नेपाल सरकारले २०८७ सम्ममा सबै स्थानीय तहलाई बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ । हेटौंडा उपमहानगर १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर राजेश बानियाँ, ६ नम्बर वडा अध्यक्ष विष्णुबहादुर दाहाल, ७ नम्बर अध्यक्ष दामोदर गौतम, ८ नम्बर वडा अध्यक्ष राम थापा, १६ नम्बर अध्यक्ष रामकृष्ण कोइराला, १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदी नवराज लगायतको आतिथ्यता थियो ।

Advertisement 5

Leave a Reply

Your email address will not be published. Required fields are marked *