उपाधीको लागि विनयबाबु स्मृति र छहारी युवा समाज भिड्ने

हेटौंडा, स्वच्छन्द भैरव युवा क्लवको आयोजना थाहा नगरपालिका वडा नम्वर ९ स्थित चित्लाङमा जारी जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधीको लागि विनयबाबु स्मृति प्रतिष्ठान र छहारी युवा समाज हेटौंडा भिड्ने भएका छन् ।

ADVERTISEMENT

आइतबार भएको पहिलो सेमिफाइनल खेलमा चित्लाङ खेलकुद विकास समितिलाई सोझो सेटले पराजित गर्दै विनयबाबु स्मृति प्रतिष्ठान फाइनल प्रवेश गरेको हो । चित्लाङलाई २५–१५, २५–२१ र २५–१८ को सोझो सेटले पराजित गर्दै विनयबाबु विजयी भएको हो । आइतबार भएको दोस्रो सेमिफाइनल खेलमा छहारी युवा समाज हेटौंडा विजयी भएको छ । खेलकुद विकास समिति थाहा ५ लाई २५–१७, २५–१५, २०–२५, २५–१६ को सेटले पराजित गर्दै छहारी युवा समाज विजयी भएको हो । माघ १ गते प्रतियोगिताको फाइनल खेल हुनेछ ।

प्रतियोगिताका चित्लाङ खेलकुद विकास समिति थाहा ९ तृतीय हुन सफल भएको छ । खेलकुद विकास समिति थाहा ५ लाई सोझो सेटले पराजित गर्दै चित्लाङले तृतीय स्थान ओगट्न सफल भएको छ । खेलकुद विकास समिति थाहा ५ लाई २५–१७, २५–१८, २५–१६ ले पराजित गर्दै चित्लाङ खेलकुद विकास समिति विजयी भएको स्वच्छन्द भैरव युवा क्लवका सचिव निर्मल बलामीले जानकारी दिए ।

ADVERTISEMENT

मकवानपुरका प्रतिनिधि सभा सदस्य महेश बर्तौलाको प्रमुख आतिथ्यतामा कार्यक्रम समापन हुने आयोजकले जनाएको छ । १५ वटा टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेता टिमले नगद ६० हजार, उपविजेता टिमले नगद ३० हजार र तेस्रो हुने टिमले नगद २० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

ADVERTISEMENT

ADVERTISEMENT

विज्ञापन
Advertisement 1
विज्ञापन
Advertisement 2
विज्ञापन
Advertisement 3

Advertisement 4

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सत्मार्ग अनलाइन डिजिटल पत्रिका

तपाईँको सूचना र विचारको भरोसायोग्य डिजिटल स्रोत। राष्ट्रिय, अन्तर्राष्ट्रिय, प्रविधि, मनोरञ्जन, शिक्षा, खेलकुद लगायतका विषयमा सत्य, तथ्य र निष्पक्ष समाचार तपाईँमाझ पुर्‍याउने हाम्रो प्रयास।

हाम्रो बारेमा

सत्मार्ग मिडिया प्रा.लि. द्वारा सञ्चालित सत्मार्ग अनलाइन

कम्पनी दर्ता: २९५१७४/०७९/८०
सञ्चार रजिष्ट्रार: ००१३९/०७९/०८०
विभाग दर्ता: ३६७२–२०७९/८०

फेसबुकमा जोडिनुहोस्

© 2026 Satmargaonline.com — All Rights Reserved
Designed by Jivan Acharya