माघ १५ गते हेटौंडामा शिक्षक दौड र स्लो स्कुटी प्रतियोगिता हुने

हेटौंडा, हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडा कार्यालयको आयोजना तथा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा जिल्लास्तरीय पुरूष शिक्षक दौड प्रतियोगिता एवम् महिला शिक्षक स्लो स्कुटी रेस प्रतियोगिता हुने भएको छ ।

ADVERTISEMENT

शहीद दिवसको अवसरमा यही माघ १५ गते प्रतियोगिता आयोजना गर्न लागिएको हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडाध्यक्ष नवीन सिग्देलले जानकारी दिए । दौड प्रतियोगितामा प्रथम हुनेलाई नगद १० हजार, दोस्रो हुनेलाई ८ हजार रुपैयाँ, तेस्रो हुनेलाई नगद ६ हजार, चौथो हुनेलाई ४ हजार र सान्त्वनालाई २ हजार रुपैयाँ पुरस्कार रहेको छ ।

यसैगरी स्लो स्कुटी रेसमा प्रथम हुनेलाई नगद ८ हजार, दोस्रो हुनेलाई ६ हजार, तेस्रो हुनेलाई ४ हजार र सान्त्वना हुनेलाई २ हजार रुपैयाँ पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ । वडा कार्यालयले शिक्षा र खेलकुद क्षेत्रमा काम गरिरहेको वडाध्यक्ष सिग्देलले बताए ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *