हेटौंडा, हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा कक्षा नर्सरी एलकेजीको अभिभावक भेला शनिबार भएको छ । विद्यालयको प्राङ्गणमा भएको अभिभावक भेलामा कक्षा नर्सरी र एलकेजीका विद्यार्थीहरुले स्टेज प्रस्तुती गायन तथा नृत्यमा सहभागिता जनाएका थिए ।
यसैगरी अभिभावकले पनि र्याम्प वाल्कमा प्रस्तुती दिएका थिए । विद्यालयको २७ औँ अभिभावक भेलामा शनिबार पूर्व प्राथमिक तहको अभिभावक भेला गरिएको थियो । विद्यालयले कक्षा १ देखि ३, ७ देखि ९ सम्मको अभिभावक भेला सम्पन्न गरिसकेको छ ।
कक्षा ४, ५ र ६ को अभिभावक भेला आगामी शनिबार गरिने विद्यालयले जनाएको छ । पूर्व प्राथमिक तहको अभिभावक भेला विद्यालयका शैक्षिक निर्देशक अरुण दाहालले उद्घाटन गरेका थिए । पूर्व प्राथमिक तहका संयोजक अनिता गौतमले विद्यार्थीहरुको सिर्जनशील क्षेमतामा विकास गराउने उद्देश्यले विद्यालयले विभिन्न कार्यक्रम गर्दै आइरहेको बताइन् ।
विद्यार्थीको अन्तरनिहित प्रतिभा उजागर गर्ने उद्देश्यले पूर्व प्राथमिक तहको अभिभावक भेला आयोजना गरेको उनले जानकारी दिइन् ।
ADVERTISEMENT