एमपीको नेतृत्वमा प्रेस सेन्टर मकवानपुर

हेटौंडा, प्रेस सेन्टर नेपाल मकवानपुरको अध्यक्षमा यमप्रसाद शर्मा (एमपी) सर्वसम्मत चयन भएका छन् । शनिबार हेटौंडामा भएको छैठौं अधिवेशनले शर्माको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

ADVERTISEMENT

प्रेस सेन्टर मकवानपुरको उपाध्यक्षमा अशोकसुजन श्रेष्ठ र नवराज वाईबा, सचिवमा अनिल पराजुली, सहसचिवमा जमुना थिङ र सुरेश बल, कोषाध्यक्षमा राजेश थापा ९गरिब० चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सुमित विक, राजकुमार स्याङ्बो, केदार ढकाल, आशिष बल, युवराज बिमली, सीता कोइराला, विवेक सिन्तान चयन भएको छ । थप सदस्य कार्यसमितिको पहिलो बैठकले मनोनित गर्ने जनाएको छ ।

प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष विष्णु सापकोटाको प्रमुख आतिथ्यता एवम् जिल्ला अध्यक्ष अञ्जली थापाको सभाध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिका अध्यक्ष कृष्ण सारू मगर, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य प्रह्लाद लामिछाने, बागमती प्रदेश सचिवालय सदस्य सर्केश घलान, मकवानपुर इन्चार्ज भीम पाख्रिन, प्रेस सेन्टरका वरिष्ठ उपाध्यक्ष कमल गिरी, केन्द्रीय उपाध्यक्ष द्वय लक्ष्मण खड्का र निर्मल ज्ञवाली, महासचिव सन्तोष पौडेल लगायतकाले बोलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *