हेटौंडा, हेटौंडा ६ मा रहेको सुनगाभा शिक्षा निकेतन विद्यालयको विविध खेलकुद कार्यक्रम शुरु भएको छ । मङ्गलबारबाट शुरु भएको खेलकुद कार्यक्रम विहीबारसम्म सञ्चालन हुने विद्यालयका प्रिन्सिपल अरुण पराजुलीले जानकारी दिए ।

सुनगाभा शिक्षा निकेतन अध्यक्ष रामहरी न्यौपाने र व्यवस्थापन समितिका सदस्य गम्भिर न्यौपानेले कार्यक्रम उद्घाटन गरेका हुन् ।
कक्षा नर्सरी देखि कक्षा नौ सम्म अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी एथ्लेटिक्स, चकलेट दौड, ब्याडमिन्टन, भलिबललगायतको खेलहरु सञ्चालन हुने विद्यालयले जनाएको छ ।
रातो, निलो, हरियो र पहिलोबीच हुने अन्तर सदनात्मक खेलकुद कार्यक्रममा प्रथम, द्वितीय र तृतीय हुनेलाई मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।







