तुल्सी मेहर विद्यालयको प्ले ग्रुपमा निःशुल्क भर्ना अभियान

हेटौंडा, हेटौंडा–१० मा रहेको तुल्सी मेहर मेमोरियल माध्यमिक विद्यालयले प्ले ग्रुपमा निःशुल्क भर्ना अभियान सञ्चालन गरेको छ । सरस्वती पूजाको अवसरमा निःशुल्क भर्ना अभियान सञ्चालन गरेको विद्यालयका प्रिन्सिपल रघुनाथ खरालले जानकारी दिए ।

ADVERTISEMENT

‘सरस्वती पूजाका दिन अक्षरारम्भ कार्यक्रम आयोजना गर्ने छौँ ।’ विद्यालयका प्रिन्सिपल खरालले भने –‘हिन्दु धर्म अनुसार सरस्वतीलाई विद्याकी देवी मानिने भएकाले अक्षरारम्भ गराउन र ससाना बालबालिकालाई पढ्नका लागि सहज वातावरण बनाउन निःशुल्क भर्नाको योजना बनाइएका हौँ ।’

सिमित सिटमा कक्षा सञ्चालन हुने भएकोले माघ २० गतेसम्म प्ले ग्रुपको लागि नाम टिपाउनु हुने बालबालिकालाई मात्र निःशुल्क भर्ना हुने उनले बताए । विद्यालयले प्रदान गरेको सुनौलो अवसर अभिभावकले नगुमाउनु हुन उनले आग्रह गरेका छन् । प्ले ग्रुप भर्नाको लागि नाम टिपाउने कार्य भइरहेको विद्यालयले जनाएको छ ।

ADVERTISEMENT

Leave a Reply

Your email address will not be published. Required fields are marked *